कुमारी बैंकको साढे ९१ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?
१० मंसिर, काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनी लिला बहादुर गुरुङले आफ्ना नाममा रहेको ९१ हजार ६३८ कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । बिक्रीमा राखिएको सेयरमा हाललाइ संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी ३५ दिनभित्र बैंकको केन्द्रिय कायालय टंगाल, काठमाडौँ वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, नक्साल, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १७:१८