६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कमजोर बन्दै नेपाली रुपैयाँ

१० मंसिर, काठमाडौं । अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज मंसिर १० गते आइतबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७० पैसा पुगेको छ। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ७० पैसा खर्च गर्नुपर्ने भएको छ। यो भाउ हालसम्मकै उच्च हो । आज अमेरिकी डलरको खरिद दर भने १३३ रुपैयाँ १० पैसा कायम भएको छ ।

पछिल्लो समय डलरको भाउ महँगीरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ भने कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि इतिहासकै कमजोर भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण नै त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ।भने डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई केहि फाइदा हुन्छ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १०:२९