नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
८ मंसिर, काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आईपीओ मंसिर ७ गते बिहीबार बाँडफाँड भएको हो । कम्पनीले कात्तिक १० गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।
सो अवधिमा रितर्पूक आवेदन दिएकामध्ये १३ हजार ७५० जना आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख ३७ हजार ५०० कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये पहिलो चरणमा १०५ ले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरेको थियो ।
कम्पनीकाे आईपीओ नतिजा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडकाे वेबसाइडः www.himalayancapital.com, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेबसाइडःipo result.cdsc.com.np बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १३:३८