२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

चालु आर्थिक वर्षको ४ महिनामा आयात र निर्यात दुबै घट्यो, व्यापार घाटा ४ खर्ब ६१ अर्ब

७ मंसिर, काठमाडाैं। चालू आर्थिक वर्ष २०८०/ ०८१ को चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।उक्त अवधिमा आयात ३.७९ प्रतिशतले घटेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक मसान्तसम्मको अवधिमा नेपालको निर्यात पनि ७.६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ५० अर्ब ५६ करोड ५३ लाख बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको साेही अवधिसम्म ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

चालु आवको चार महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३४ प्रतिशतले कम हो । गत आवको चार महिनामा व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १६:१५