नेप्सेमा ९.८७ अंकको वृद्धि, कारोबार पनि १ अर्ब माथि
७ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा सुधार आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.८७ अकंले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ । आज २९२ कम्पनीको ४४ लाख २० हजार ५१८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नबिल बैंक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस सबैभन्दा बढी कारोबार पनि नबिल बैंकको नै भएको छ । आज यस बैंकको १३ करोड १० लाख बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १५:११












