२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

गणतन्त्रबिरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

७ मङ्सिर , चितवन । नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताए । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे ।
तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उहाँको भनाइ छ । उहाँले सहरमा जम्मा भइ हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १५:०१