२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप, प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा  मेडीकल व्यवसायी दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । प्रसाईं समर्थकले सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि झडप भएको हो ।

प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको हाे ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १४:३८