२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एक बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा, तपाईंकोमा आयो त ?

७ मंसिर, काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नगद लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश मंसिर ५ गतेदेखि सम्बन्धित सेयरधनीहरुको खातामा पठाउन सुरू गरेको हो ।

बैंकको २२ औँ वार्षिक साधारण सभाले सेयरधनीहरुलाई ४.२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले उक्त नगद लाभांश कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुको खातामा जम्मा गरेको हो।

प्रकाशित मिति : November 23, 2023 at 11:54 am