१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बैंक तथा वित्तीय संस्थामा बढी कर तिर्नेमा ग्लोबल आइएमई बैंक, अरु को -को भए सम्मानित ?

७ मंसिर, काठमाडौं । सरकारले गत आर्थिक वर्षमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आज अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन्। आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।

विभागका अनुसार गत आर्थिक वर्ष सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमीटेड(नेपाल टेलिकम) सम्मानित भएको छ ।

निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, विशेष उद्योगतर्फ एशियन पेन्ट्स, कृषि एवम् पशुजन्यतर्फ ओबिसी फूड्स प्रालि, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त सबैभन्दा कर तिरेबापत सम्मानित भएका छन् ।

बैंक तथा वित्तीय संस्थातर्फ ग्लोबल आईएमई बैंक, बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, स्वास्थ्य तथा शिक्षा विधातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन विधामा मनोकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज, उर्जा विधातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटान्सतर्फ आईएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएका छन् ।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा विजयकुमार शाह रहेका छन् । संस्थागततर्फ आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने दुई विधामा सूर्य नेपाल प्रालि सम्मानित भएको छ।

प्रकाशित मिति : November 23, 2023 at 10:40 am