हिमालयन रि इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट
७ मंसिर, काठमाडाैं। हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिनेको संख्या बढ्दै गएको छ । कम्पनीले गत साेमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेकाे छ । कम्पनीकाे आईपीओमा बुधबार साँझसम्ममा ११ हजार ३६३ जना आवेदकले २० करोड ६ लाख बढी रूपैयाँ बढीकाे ९ लाख ७४ हजार ९० कित्ता सेयर खरीदका लागि आवेदन दिएका छन् । कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएको थियाे ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निष्काशन गरेको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 09:20









