११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

सेयर बजारमा दोहोरो अकंको सुधार, कारोबार रकम १ अर्ब नाघ्यो

६ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६७ अकंले बढेर १८५०.३३ बिन्दुमा बन्द भएको छ । बुधबार २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज सयपत्रि हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।  आज सोनापुर मिनरल्सको सर्वाधि कारोबार भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १५:२०