१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

ई-सेवा मनि ट्रान्स्फरमार्फत् मनिग्रामको नगद रेमिट्यान्स सुचारु

६ मंसिर, काठमाडाैं। डिजिटल रेमिट्यान्स कम्पनी ई-सेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र ई-सेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरु भएको छ ।

उक्त सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले मनिग्राममार्फत् ई-सेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट पैसा पठाउन सक्नेछन् ।

साथै, नेपालमा ग्राहकहरूले मनिग्राम ब्रान्डेड ईसेवा मनि ट्रान्स्फरका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो भुक्तानीहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले पुस १५ गतेसम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार पनि जित्न सक्ने कम्पनीले बताएको छ। अफर अन्तरगत आगामी १० दिनसम्म मनिग्राममार्फत् नगद पठाउँदा अतिरिक्त १०० रुपैयाँ बोनस पाउनुका साथै टी सर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्रीहरू प्राप्त गर्नेछन् ।

साथै पुस १५ गतेसम्म नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्नेछन् । यस सम्झौताबारे ई-सेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग निरन्तर साझेदारी गर्न पाउँदा हामी उत्साहित भएको बताएका छन् ।

ई-सेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । विश्वका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको उक्त कम्पनीले सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको थियो ।

उक्त कम्पनी देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रूपको भगिनी कम्पनी पनि हो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १३:४२