२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

६ मंसिर, काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा ८ हजार ५६३ जना आवेदकले ७ लाख ३४ हजार १७० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । कम्पनीले गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको छ ।

सिडीएसीका अनुसार कम्पनीको आईपीओ दोस्रो दिन साँझसम्ममा १ अर्ब ५१ करोड २३ लाख रुपैयाँबढीको खरिद आवेदन परेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम वापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निष्काशन गरेको छ ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।  उक्त आईपीओमा लगानीकर्ताले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : 09:31