८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

नेपाल एसबिआई मर्चेन्टको ८औं साधारणसभा सम्पन्न

५ मंसिर, काठमाडाैं । नेपाल एसबिआई मर्चेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौँमा सम्पन्न भएको हो । सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

यसैगरी, सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नन्दन हरि शर्मालाई आगामी चार वर्षका लागि नियुक्त गरेको छ । साथै सभाले आव २०८०/०८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक पनि अनुमोदन गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १६:३९