८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

भिजन लुम्बिनीको आइपीओ बाँडफाँडः कतिले पाए सेयर ? यसरी हेर्नुहोस् नतिजा

५ मंसिर, काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । गत कात्तिक १६ देखि कात्तिक २० गतेसम्म कम्पनीले निष्काशन गरेको आईपीओ आज बिहान बाँडफाँड भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । भने ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ७ हजार ५ सय २८ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन्  ।

कम्पनीकाे आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नकम्पनीकाे नतिजा बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट  muktinathcapital.com, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार ०९:२९