८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

सेयर बजारमा झिनो सुधार, कारोबार रकम १ अर्ब नाघ्यो

४ मंसिर, काठमाडौं । तिहारपछिको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अकंले बढेर १८५३.४८ बिन्दुमा बन्द भएको छ । सोमबार २८४ कम्पनीको ३३लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।

 सोमबार बैंकिङ समूहको ०.२०प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, फाइनान्स समूहको ०.३२ प्रतिशत, हाइड्रोपावर समूहको ०.३१ प्रतिशतले सेयर मूल्य बढेको छ । फरवार्ड माइक्रोफाइनान्सका सेयरधनीहरूले आज सबैभन्दा बढी गुमाएका छन्‌ । यस दिन हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १५:१५