सोल्टी होटेलले घोषणा गर्याे लाभांश
४ मंसिर, काठमाडाैं । सोल्टी होटेलले लाभांश घोषणा गरेको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेकाे हाे ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।यसैगरी, कम्पनीले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। होटलले पुस २६ गते साधारण सभा बोलाएको हाे। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीकाे साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : November 20, 2023 at 10:37 am










