८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई आजदेखि बिक्री खुला

४ मंसिर, काठमाडाैं। एनआईसी एशिया क्यापिटल लिमिटेडले आज मंसिर ४ गतेदेखि एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन तथा खुला बिक्री गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा मंसिर १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ०९:३१