९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

७ करोड ६० लाख बढी कित्ता आईपीओ निष्काशन हुँदै, कुनको कति ?

३ मंसिर, काठमाडौं । सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनकाे लागि नेपाल धितोपत्र बोर्डकाे पाइपलाइनमा विभिन्न २० कम्पनी रहेका छन् । धितोपत्र बोर्डकाे पाइपलाइनमा रहेका कम्पनीहरूमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी रहेका छन् । आईपीओ निष्काशनकाे लागि ११ वटा हाइड्रोपावर कम्पनी पाइपलाइनमा रहेका छन् , ७ वटा अन्य समूह, २ वटा म्यानुफ्याक्चारीङ र एउटा होटल एण्ड पर्यटन समूह छन् ।

बोर्डमा यी कम्पनीले ११ अर्ब ५४ करोड २० लाख ८ हजार ५०० रुपैयाँबराबरको ७ करोड ६० लाख ५० हजार ७२५ कित्ता आईपीओ निष्काशन गर्न निवेदन दिएका हुन् ।

कुन कम्पनीको कित्ता कति ?

१) सानिमा हाइड्रोपावर कम्पनी

सानिमा हाइड्रोपावरले १४ करोड ७० लाख रुपैयाँको १४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित र सर्वसाधारणका लागि निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

२) रिलायन्स स्पिनिङ मिल्स

रिलायन्स स्पिनिङ मिल्सले प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्मको रेन्जमा ७ लाख ७० हजार ६४० कित्ता संस्थागत लगानीकर्ताका लागि निष्काशन गर्ने तयारीमा छ । यसकाे बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले सेयर निष्काशन गर्दा ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

३) एकर्ड फर्मास्युटिकल्स

एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँको ७ लाख ६ हजार ९०९ कित्ता सेयर निष्काशनका लागि धिताेपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

४) ट्रेड टावर

ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको ११ लाख ५८ हजार ९८० कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

५) आईएमई लिमिटेड

आईएमई लिमिटेडले १० करोड रुपैयाँको १० लाख कित्ता सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । यसकाे बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

६) कान्तिपुर टेलिभिजन नेटवर्क

कान्तिपुर टेलिभिजन नेटवर्कले ७ करोड ५० लाख रुपैयाँको ७ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

७) भुजुङ हाइड्रोपावर

भुजुङ हाइड्रोपावरले ५ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

८) हिम स्टार ऊर्जा कम्पनी

हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

९) डिसहोम मिडिया नेटवर्क

डिसहोम मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्काशन गर्न धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । यसकाे बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

१०) सान्भी इनर्जी लिमिटेड

सान्भी इनर्जी लिमिटेडले ३७ करोड ९० लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यको ३७ लाख ९० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै धिताेपत्र बाेर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट रहेको छ ।

११) बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

१२) सोलु हाइड्रोपावर लिमिटेड

सोलु हाइड्रोपावर लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ निष्काशन गर्न धिताेपत्र बाेर्डमा आवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

१३) रिचेत जलविद्युत कम्पनी

रिचेत जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३.५७ कित्ता आईपीओ निष्काशनका लागि बोर्डको निवेदन दिएकाे छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

१४) होटल फरेष्ट इन

होटल फरेष्ट इनले ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ।

१५) टक्सार पिखुवा खोला हाइड्रोपावर

टक्सार पिखुवा खोला हाइड्रोपावरले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्काशन गर्नेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

१६) याम्बालिङ्ग हाइड्रोपावर

याम्बालिङ्ग हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्काशन गर्ने बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि सो आईपीओ निष्काशन गर्न लागेकाे हाे । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

१७) एपेक्स हस्पिटालिटी

एपेक्स हस्पिटालिटीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ करोड रुपैयाँको २४ लाख कित्ता सेयर निष्काशन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयम क्यापिटल रहेको छ ।

१८) माविलुङ इनर्जी कम्पनी

माविलुङ इनर्जी कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ९० लाख ५३ हजार रुपैयाँको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

१९) एसवाई प्यानल

एसवाई प्यानलले अंकित मूल्य १०० मा नै ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।

२०) जगदम्बा स्टिल

जगदम्बा स्टिलले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य २०० थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा आईपीओ निष्काशन गर्न बाेर्डमा निवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १४:४४