२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नुवाकोटको शिवपुरीमा यात्रुवाहक जीप भीरबाट खस्यो

३ मंसिर, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा एक यात्रुबाहक जीप भीरबाट खसेको छ । केहीबेर अघि प्रहरी चौकी नजिकैबाटै जीप भीरबाट खसेको शिवपुरी गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङले दैनिकीलाइ जानकारी दिए । उनले आफू पनि दुर्घटनास्थलतर्फ जाँदै गरेको र प्रहरी उद्धारमा लगेकाले केहीबेरमा विस्तृत बिबरण दिने बताएका छन । गाडी चलाकले पिसाब पनि गर्ने र गाडी दर्ता पनि गर्ने भनेर ओर्लिएर हिड्दा गाडी भीरबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन । अहिलेसम्म चार जना घाइतेको उद्धार भएको उपाध्यक्ष तामाङले बताए । थप बिबरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार ११:१७