२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच अमेरिका-मेक्सिको आप्रवासन बारे छलफल

२ मङ्सिर, सान फ्रान्सिस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच शुक्रबार छलफल भएको छ । सो छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो संख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

“मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा कुनै पनि कुरा हाम्रो पहुँचभन्दा बाहिर छैन,” अमेरिकी राष्ट्रपति बाइडेनले भनेका छन् । बाइडेनको लोपेज ओब्राडोरसँगको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण बन्ने गरेको छ । केही हदसम्म फेन्टानिल उत्पादन र पत्रकारहरूको हत्या जस्ता विषयहरूमा बाइडेनले मेक्सिकोको आलोचना गरेका छन् ।

लोपेज ओब्राडोर अमेरिकी नेतालाई बेवास्ता गर्न डराएको देखिदैन । अमेरिकाले क्युबा, निकारागुआ वा भेनेजुएलालाई निमन्त्रणा नगरेको हुनाले मेक्सिकोका राष्ट्रपतिले लस एन्जलस शिखर सम्मेलनमा सहभागिता जनाउनु भएन त्यहाँ आप्रवासनका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको थियो। उहाँले शुरुमा यो वर्षको एपेक सम्मेलनमा सहभागी नहुने बताए तापनि अन्त्यमा भने, मन परिवर्तन गरे ।

प्रकाशित मिति : November 18, 2023 at 5:28 pm