उन्नति सहकार्य लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँड ?
१ मंसिर, काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ अर्को साता बाँडफाँड हुने भएको छ । सार्वजनिक बिदा परेको कारण आवश्यक काम बाँकी रहेको हुँदा अर्को साताभित्र एफपिओ बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीको एफपिओमा अन्तिम दिनसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ६९.७३ गुणा बढी आवेदन हो । कम्पनीको एफपिओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १७ हजार ८४५ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । भने ११ लाख भन्दा बढीको हात रित्तो हुने छ ।
कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गरेको थियो ।
प्रकाशित मिति : 15:37









