२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै नेपाल वेयरहाउजिङ, कति दिने आवेदन ?

१ मंसिर, काठमाडाैं। नेपाल वेयरहाउजिङ कम्पनीले मंसिर १० गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरि बाँडफाँड गरिसकेको छ। त्यस्तै कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि  बिक्री गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि छिटोमा मंसिर १३ गते र छिटोमा मंसिर १३ गतेसम्म  आवेदन दिन सकिनेछ। कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ।

प्रकाशित मिति : 10:10