२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_____________
#दैनिक_राशिफल

मंसिर १ शुक्रबार

मेष :- व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने तथा आशा गरेको व्यक्ति वा स्थानबाटै निराश भइने ।

वृष :- वादविवादबाट टाढै रहेको श्रेयस्कर तथा अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।

मिथुन :- थालेका कार्यले सफलताको मार्ग पक्रिने तथा मनमा शान्ति मुहारमा कान्ति छाउने ।

कर्कट :- प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने साथै यत्रतत्र यश, कीर्ति, ख्याति फैलने ।

सिंह :- मनमा अशान्तिको कालो बादल मडारिने तथा यात्राको क्रममा अनेकन विघ्न, बाधा, अप्ठ्याराको सामना गर्नुपर्ने ।

कन्या :- मन प्राय: चैते हुरी झैँ उड्ने तथा स्वजनसँगै वैचारिक मनभेदको स्थिति बन्ने ।

तुला :- आरोग्यतामा वृद्धि आउनुका साथै सहजै कार्यसिद्धिको शुभ फलदायी योग ।

वृश्चिक :- आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ने साथै आँखामा कुनै चोट लाग्ने वा समस्या देखापर्ने ।

धनु :- सामाजिक मान सम्मानमा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउने ।

मकर :- विश्वासपात्र बाटै घातप्रतिघातको उच्च सम्भावना साथै नसोचेको ठाउँमा अनावश्यक खर्च बढेर जाने ।

कुम्भ :- आफन्तजन साथीभाइसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै मनमा प्रसन्नता छाउने कुनै सुखद् समाचार सुन्न पाइने ।

मीन :- स्वास्थ्यले राम्रो साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

शुभ दिन !

© ज्यो. सूर्य पौडेल
________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ०८:२६