२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

खुकुरी प्रहार गरी युवकको हत्या

२७ कात्तिक, बर्दिया । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । गए राति दुई समूहबीच झगडा भएको थियो । झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार १३:२०