१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

नाफासँगै बढ्यो हाथवे इन्भेस्टमेन्टको प्रतिसेयर आम्दानी

२६ कात्तिक, काठमाडाैं। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार हाथवेको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनमा उछाल आएको छ।

 प्रथम त्रैमाससम्म कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १५५७.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ९ लाख ५४ हजार नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्तापुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ। याे अवधिमा कम्पनीको नाफासँगै  प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.७० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ०.१९ रुपैयाँ थियो। पीई रेसियो १०५.१९ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८०.२४ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : November 12, 2023 at 12:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/