२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

सिटी होटलको आम्दानी १३ करोड २७ लाख, प्रतिसेयर आम्दानी भने ऋणात्मक

२६ कात्तिक, काठमाडाैं। सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेकाे विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा होटलको खुद नोक्सानी सामान्य घटेको छ।

पहिलो त्रैमाससम्ममा सिटी होटलले ६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षकाे यही अवधिमा होटलले ८ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी २७.४७ प्रतिशत बढेर ११ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

याे अवधिमा सिटी होटलको कुल आम्दानी भने ३२.०७ प्रतिशतले बढेर १३ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष होटलको कुल आम्दानी १० करोड ४ लाख रुपैयाँ रहेको थियाे ।  होटलका कुल खर्च १४.५९ प्रतिशतले बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब ६७ रुपैयाँ रहेको होटलको अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँ मात्रै रहेको छ। सिटी होटलको प्रतिसेयर आम्दानी (ईपीएस) ३.६० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ५.४१ रुपैयाँले ऋणात्मक थियो। सिटी होटलको प्रतिसेयर नेटवर्थ १००.०१ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : 11:23