१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

मध्यवर्गीय पर्यटकलाई लक्षित गरी भोलिबाट दुई बस सञ्चालनमा


१ चैत, काठमाण्डौं । मध्यवर्गीय पर्यटकलाई लक्षित गरी ट्राभल्स नेपाल बस सर्भिस प्रालिले भोलीबाट दुईवटा बस सञ्चालन गर्ने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित वैशाखमा चारवटा बस सञ्चालन गरेको उक्त कम्पनीले दुई बस सञ्चालनमा ल्याउन लागेको हो ।

पर्यटक बसले हाल बिहान ७ बजे पर्यटकलाई कान्तिपथबाट बस सेवा दिइरहेको छ, हामीले ८ बजेदेखि सेवा दिनका लागि उक्त बस सञ्चालन गर्न लागेका हौँ,”– अध्यक्ष लोहनीले बताए ।

ट्राभल नेपालमार्फत हाल सातवटा बस सञ्चालनमा रहेका छन् । काठमाडौँबाट पोखरासम्म सेवा दिएको प्रालिले आगामी दिनमा सौराहा र जनकपुरसम्म सेवा दिने अध्यक्ष लोहनीको भनाइ छ ।

जम्मा २८ सिट क्षमता भएको बसमा ‘नेक रेष्ट’ सिट र शौचालयसहितको व्यवस्था रहेको छ । उक्त बसमा काठमाडौँबाट पोखरा जानका लागि खानासहित रु एक हजार ५०० लाग्ने प्रालिले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०९:२०

https://srdb.com.np/