एनआइसी एशिया बैंकले सार्वजनिक गर्यो ब्याजदर, कुन खातामा कति ?
२४ कात्तिक, काठमाडाैं । एनआइसी एशिया बैंकले मंसिरका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले आगामी मंसिर १ गतेदेखि लागु हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।
एनआइसीले व्यक्तिगत मुद्दति निक्षेपमा अब अधिकतम जम्मा ८.९६८ प्रतिशतमात्र ब्याज दिने भएको छ । त्यसैगरी, संस्थागत निक्षेपकर्ताले भने ६ महिनादेखि १५ वर्षसम्मको मुद्दति बचतमा ६.९६८ प्रतिशत ब्याज पाउने छन् ।
कात्तिकमा एनआइसी एशिया बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ११.००३ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो । बैंकले बचत खातामा पनि अधिकतम ६.५८५ प्रतिशतमात्र ब्याज दिने भएको छ ।
प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १६:२५