२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

नेप्सेमा २ अर्ब ५४ करोड बराबरको बोनस सेयर सूचीकृत

२४ कात्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ अर्ब ५४ करोड बराबरको बोनस सेयर सूचीकृत भएकाे छ र नेप्सेमा आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा रु.३२ अर्ब ३ करोड बराबरको साधारण सेयर, रु.२ अर्ब ५४ करोड बराबरको बोनस सेयर र रु.१ अर्ब २० करोड बराबरको हकप्रद सेयर गरी कुल रु.३५ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

२०८० असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ८७ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्। २०७९ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २४२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : November 10, 2023 at 2:36 pm