२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

नाफासँगै बढ्यो चन्द्रागिरी हिल्सको प्रतिसेयर आम्दानी

२४ कात्तिक, काठमाडाैं। चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।समीक्षा अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.५९ प्रतिशतले बढेर २० करोड ६१ लाख रुपैयाँ रहेको छ। गत वर्षकाे यही अवधिमा कम्पनीले १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १.३९ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ०.८५ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.११ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : November 10, 2023 at 11:21 am