५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

ग्लोबल आइएमई बैंकका ग्राहकले यो तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने पक्का

२४ कात्तिक, काठमाडाैं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ।

बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकले नेपालभरका पस (पीओएस) मेसिनमा रु. १ हजार वा सोभन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा रु. ३०० अथवा ५ वटा कारोबारमा रु. ५०० क्यासब्याक पाउनेछन्।

पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि कात्तिक २५ गते काग तिहारदेखि कात्तिक २९ गते भाइटीकासम्म रहेको छ।यसैगरी बैंकको मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकले कात्तिक २५ गते काग तिहारदेखि कात्तिक २९ गते भाइटीकासम्म बेलुका ५ बजेदेखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “TIHAR” लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा रु. ३०० सम्म क्यासब्याक पाउनेछन्।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति : 11:03