२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

उन्नति सहकार्य लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

२४ कात्तिक, काठमाडाैं। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज कात्तिक २४ गते अन्तिम दिन रहेको छ। लघुवित्तले कात्तिक प्रतिकित्ता २१ गतेदेखि प्रतिकित्ता १००  रुपैयाँ अंकित मूल्यमा  १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको  एफपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गरेको हो ।

सीडीएससीका अनुसार कम्पनीकाे एफपीओमा हिजो साँझसम्म ८ लाख ७१ हजार३८४ जनाले ९७ लाख ४९ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ५४.६३ गुणाले बढी हो।

लघुवित्तकाे एफपीओमा लगानीकर्ताले  न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:39