१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख सहयोग

२३ कात्तिक, काठमाडाैं। नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रुकुप पश्चिममा गएको भूकम्पपीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ।

ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बिहीबार रु. ३० लाख जम्मा गरेको हो। कोषमा एफवान सफ्ट ग्रुपअन्तर्गतका एफवान सफ्ट इन्टरनेसनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन्।

केही दिनअघि गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ। उक्त क्षतिमा आफूहरुको सानो सहयोगले पनि केही राहत होस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोा उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए।

प्रकाशित मिति : November 9, 2023 at 3:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/