तिहार अघिको अन्तिम कारोबारको दिन नेप्से दोहोरो अकंले घट्यो, कारोबार ८३ करोडमा सिमित
२३ कात्तिक, काठमाडाैं । तिहार अघिको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । निरन्तर तीन सुधार आएको बजार आज भने दोहोरो अकंले घट्न पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८५ अकंले घटेर १८५२.०८ बिन्दुमा बन्द भएको छ । आज २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६० लाख ५ हनार रुपैयाँको कारोबार भएको छ ।
आज सयपत्रि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता ५०७ रुपैयाँ पुगेको छ । यस्तै सनराइज ब्लुचिप फण्डको शेयरमूलय पनि ५ प्रतिशत भन्दा बढिले बढेको छ । आज माउन्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज सबैभन्दा बढी सोनापुर मिनिरल्सकाे काराेबार भएकाे छ ।
प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १५:१३












