२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

शौर्य सिमेन्ट ईण्डष्ट्रिजले शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता-२०८० अयोजना गर्ने

२३ कात्तिक, काठमाडाैं। शौर्य सिमेन्ट इण्डष्ट्रिजले यस वर्षदेखि शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता- २०८० शुरु गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिलाहरू सहभागि हुन सक्ने छन् ।

प्रतियोगिता विभिन्न ३ चरणमा सम्पन्न हुने कम्पनीले बताएको छ । पहिलो चरणमा सहभागी हुन चाहने महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेबसाइट र फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन सक्नेछन् ।

यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका र न।पा मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मंसिर ८ गतेसम्म रहेको छ । फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि छनौट हुने छन् ।

दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरुले कम्पनीले उल्लेख गरेको विषयमा क्यान्भासमा मिथिला चित्रकला कोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता भने कम्पनीको उद्योगहातिा भित्र नै सञ्चालन हुने छ ।

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ जना सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले कम्पनीको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्नेछ । त्यसपछि मुल्यांकन निर्णायक समितिले चित्रकलाको मुल्यांकन गरेर सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले ७५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेले २५ हजार रुपैयाँका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई ५ हजार रुपैयाँ उपलब्ध गराइने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १३:५४