२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

निक्षेपकर्तालाई जाहेरी दिन आग्रह

२३ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ । केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गरे ।
उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उनले बताए । निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो । उनले भने, “ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्यूरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध छ ।”

प्रकाशित मिति : November 9, 2023 at 12:16 pm

प्रतिक्रिया

dainiki

ताजा

सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री, सेन्ट्रल क्यान्टिनलाई २ लाख जरिवाना

२९ जेठ, काठमाडौं । सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा चरम लापरबाही र अखाद्य वस्तु प्रयोग भइरहेको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिबिच सम्झौता

नक्कली कागजातका आधारमा भिसा सिफारिस प्रकरण छानबिन गर्न समिति गठन

ट्रेड युनियन खारेजविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारलाई राहत

लोकप्रिय

पिएसबीको अध्यक्षमा खुला प्रतिस्पर्धाको नाटकः ‘रविको छवि जोगाउन बलिको बोको’


रास्ट्रसेवक, प्राध्यापक, शिक्षक, कर्मचारीहरूको सम्मान र समान पेन्सन


क्षमायाचना सहित समाचार हटाइएको


सेयर बजारमा कृत्रिम कारोबार गरेर ठगी गर्ने ८१ अभियुक्तविरूद्ध मुद्दा


व्यापारी श्रेष्ठको हत्यामा संलग्न नेकपाका नेता गोविन्द बटालाई जन्मकैद


सम्बन्धित

सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री, सेन्ट्रल क्यान्टिनलाई २ लाख जरिवाना

२९ जेठ, काठमाडौं । सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा चरम लापरबाही र अखाद्य वस्तु प्रयोग भइरहेको फेला

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिबिच सम्झौता

२९ जेठ, काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र

नक्कली कागजातका आधारमा भिसा सिफारिस प्रकरण छानबिन गर्न समिति गठन

२९ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा

ट्रेड युनियन खारेजविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारलाई राहत

२९ जेठ, काठमाडौं । ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2026 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com