१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

दुई कम्पनीले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?

२२ कात्तिक, काठमाडौं । दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट सपोर्ट लघुवित्त र इमर्जिङ नेपालले सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

सपोर्ट लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८२१ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीक चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृछिपति आगामी नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै, इमर्जिङ नेपालले गत आर्थिक वर्षको मुनाफाबाट ८ .२ प्रतिशत नगद लाभांश (करप्रयोजनसहित) घोषणा गरेको हो । कम्पनीले गत आर्थिक बर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । प्रस्तावित लाभांश कम्पनीले अर्थमन्त्रालयको स्वीकृति र आठौं साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : November 8, 2023 at 5:01 pm