मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?
२२ कात्ति, काठमाडौं। मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २१४७.४९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १० लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ करोड ७७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६०.२४ प्रतिशतले बढेर ६ करोड ७७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४ करोड २३ लाख रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी ७६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २ करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३.६४ रुपैयाँ कायम भएको छ। पीई रेसियो ५८.५४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९०.२९ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १४:०९












