१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

माण्डु हाइड्रोपावरको नाफा १२ करोड ७२ लाख, प्रतिसेयर आम्दानी कति ?

२२ कात्तिक, काठमाडौं । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १२ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा १३.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ११ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी अघिल्लो वर्षको तुलनामा २.८७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट २४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर २५ करोड १० लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा ३.६४ प्रतिशतले बढेर २३ करोड ४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीकाे सञ्चालन मुनाफा २२ करोड २३ लाख रुपैयाँ थियो।

कक्पनीकाे प्रतिसेयर आम्दानी ९ रुपैयँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५५ पैसा छ । मंगलबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३१ रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ, मंसिर १५ गते कम्पनीको साधारणसभा बस्दैछ भने मंसिर ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।

प्रकाशित मिति : November 8, 2023 at 11:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/