अमेरिकाको क्लालिफोर्नियाका फेरि फैलियो डढेलो, ९ जनाको ज्यान गयो (भिडियो)
२४ कात्तिक, काठमाडाैँ । अमेरिकाको क्लालिफोर्नियाका डढेलो फेरि फैलिएको छ । डढेलोबाट नौ जनाको मृत्यु भैसकेको छ भने एक लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
अहिले पश्चिम लस एन्जेल्सबाट आगो कोष्टल क्षेत्रतिर फैलिएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले जनाएको छ । कोष्टल क्षेत्रको मलिबु शहरमा केही घरहरु आगोबाट डढेको बीबीसीले जनाएको छ । साक्रामेन्टो भन्ने ठाउँमा एउटा कारभित्र पाँचजना मृत अवस्थामा फेला परेका छन् ।
हावाहुरी चलेका कारण आगो झनै फैलिएको छ । शुक्रबारको मध्यरातमा नै आगो ५ हजार ६ सय ६५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । आगो गएको बुधबार कालिफोर्नियाको थाउजन्ट ओक भन्ने शहरबाट फैलिएको हो । आगलागीका कारण थाउजन्ट ओक शहरका ७५ हजार घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
Toured the #WoolseyFire area with @PIOErikScott . Huge effort by multiple Fire and Police agencies. Make sure to evacuate if told to do so. Check for Ventura County updates at – https://t.co/61cdo6Bkqx pic.twitter.com/IPFEpcmAA2
— Jacqui Irwin (@jacquiirwin) November 10, 2018
प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार १०:५०