२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सेयर बजारमा उकालो यात्रा कायमै, ११.२२ अंकले बढ्दा ९९ करोड ६५ लाखको कारोबार

२१ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से ११.२२ अंकले बढेर १८५८.७८ बिन्दुमा बन्द भएको छ । आज २८५ कम्पनीको ४३ करोड ३१ लाख २२९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ८.१६ प्रतिशतले बढेर प्रतिकित्ता ६८९ रुपैयाँ पुगेको छ ।

आइतबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज सबैभन्दा बढी हिमालयन बैंक लिमिटेडको प्रमोटर सेयरको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:16