तिहार र छठ पर्वमा कुमारी बैंकले ल्यायो क्यासब्याक अफर
२१ कात्तिक, काठमाडाैं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ सार्वजनिक गरेको छ।
कुमारी बैंकले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको हो। यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइनेछ।
क्यासब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ। चाडपर्वको यस अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धतास्वरुप उपरोक्त सुविधाहरु आगामी कात्तिक २६ देखि मंसिर ३ गतेसम्म लागू हुने जनाएको छ।
कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालयबाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटीएम र ६४ शाखारहित बैंकिङ इकाइसहितको आफ्नो बृहत सञ्जालमार्फत बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ।
प्रकाशित मिति : November 7, 2023 at 11:03 am









