२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

इसेवाद्वारा क्यानलाई मेडिकल किट प्रदान

२० कात्तिक, काठमाडाैं ।  नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ।

इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो। क्यानलाई मेडिकल किट इसेवाका प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रवि शाक्यले हस्तान्तरण गरेका थिए।

कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई नगद रू ५० हजारका दरले उपहार पनि हस्तान्तरण गरिएको थियो। सो उपहार खेलाडीहरुले एसिया कपमा गरेको प्रदर्शनको आधारमा दिइएको थियो।

इसेवाले जहिले पनि नेपाली खेलकुदको प्रवर्द्धन गर्नका लागि विभिन्न किसिमका सहयोग उपलब्ध गराउँदै आएको छ। नेपाल र नेपानी खेलकुदलाई माथि उठाउन इसेवाले आफ्नो सीएसआर रकममार्फत निरन्तर सहयोग प्रदान गर्दै आएको छ।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा जनसंख्याले सेवा लिइरहेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज तथा बसको टिकट, स्कुल तथा कलेजको शुल्कलगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा ४ लाखभन्दा बढी मर्चेन्ट क्यूआर सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १७:०३