दुई हाइड्रोपावरले घोषणा गरे लाभांश, कुनको कति ?
२० कात्तिक, काठमाडौं । अहिले लाभांशको सिजन चलिरहेको छ । गत अर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा दुई हाइड्रोपावर कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् ।
नेप्सेमा सूचीकृत ८७ हाइड्रोपावर कम्पनीमध्ये सानिमा माई हाइड्रोपावर र माण्डु हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका हुन । सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २३ गते सेलिब्रेसन हाईट सुकधारा काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २४ गते बुक क्लोज गरिसकेको छ ।
यस्तै, माण्डु हाईड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १५ गते साधारणसभा बोलाएको छ । सभा छाँया सेन्टर ठमेल काठमाडौंमा बिहान १० बजे बाट सुरू हुनेछ । उक्त लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर ४ गते बुकक्लोज गरेको छ ।
प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १६:४६












