११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

सेयर बजारमा दोहोरो अंकको सुधार, बढ्न सकेन कारोबार रकम

२० कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से २१.३० अंकले बढेर १८४७.५४ बिन्दुमा बन्द भएको छ । आज नेप्सेमा सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेको छैन । सोमबार २८३ कम्पनीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच हुदाँ ९३ करोड ८९ लाख २९ हजार बराबरको कारोबार भएको छ ।

सोमबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.५४ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, फाइनान्स समूहको ०.८२ प्रतिशतले सेयर मूल्य बढेको छ । आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६५.८० रुपैयाँ पुगेको छ । आइतबार लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको प्रमोटर सेयरको काराेबार भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १५:२८