१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

जाजरकोट र रूकुमपश्चिम भूकम्पपिडितलाई नबिल बैंकको एक करोड सहयोग

२० कात्तिक, काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्‍चिमका भूकम्प प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ। कम्पनीका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरेका हुन्।राहत सामग्री लिएर कम्पनीका प्रमुख बजार अधिकृत सुवेदी र रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए।

सरकारले एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेकाले कम्पनीले जिल्ला विपद् व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधिलगायत १ करोड रुपैयाँ बराबरका सामग्री उपलब्ध गराउने बताए।  ‘हामीले भूकम्प प्रभावितक्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’,उनले भने। नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : November 6, 2023 at 12:10 pm