भिजन लुम्बिनी उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
२० कात्तिक, काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ भर्ने आज कात्तिक २० गते सोमबार अन्तिम दिन रहेको छ। कम्पनीले गत कात्तिक १६ गतेदेखि सर्वसाधाणलाई जारी गरेको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
सीडीएससीको अनुसार कम्पनीको आईपीओमा हिजो साँझसम्म ८ लाख ४७ हजार ७७० जना आवेदकबाट ९८ करोड ८० लाख ४३ हजार रुपैयाँ बराबरको ९८ लाख ८० हजार ४३० कित्ता सेयरका लागि आवेदन परेको छ । जुन मागभन्दा ४.७६ गुणा बढीले हो।
कम्पनीले २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ। लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
यो आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : November 6, 2023 at 9:22 am










