२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

प्रहरी कार्यालय पुगे दुर्गा प्रसाईं

१९ कात्तिक, काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी कार्यालय पुगेका छन् । उनी आइतबार दिउँसो नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका हुन्।

प्रसाईंलाई विवादस्पद अभिव्यक्ति दिएकाे भन्दै साइबर ब्यूरोले बोलाएको थियो। पक्राउ पर्नुअघि नै उनि आफैँ प्रहरी कार्यालय पुगेका हुन् । प्रसाईंले सामाजिक सञ्जाल तथा सञ्चारमाध्याममा शीर्ष नेताको चरित्र हत्या गर्दै अभिव्यक्ति दिएको आरोप छ। यसअघि उनलाई काठमाडौंको एक कार्यक्रममा सहभागी हुँदा कालाेमोसो समेत दलिएको थियो।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १५:०९