२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

पत्रकार देबकोटालाई संगम पत्रकारिता पुरस्कार

१९ कात्तिक, बिदुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष एवं नुवाकोटबाट प्रकाशन हुने उत्तरगया दैनिकका सम्पादक शिव देबकाेटा संगम पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नुवाकोटकाे अग्रणी सहकारी संस्था संगम बचत तथा ऋण सहकारीले आफ्नो २७ औ बार्षिक साधारणसभाकाे अवसरमा पत्रकार देबकाेटालाई पुरस्कृत गरेकाे हाे ।

शनिवार त्रिशूली काेलाेनीमा आयोजित सहकारीको साधारणसभामा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पत्रकार देबकाेटालाई दोसल्ला ,सम्मानपत्र र नगदसहित सम्मानित गरे । पुरस्कृत पत्रकार देबकोटा बिगत २६ बर्ष देखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १३:३८